चाइना फाउण्डेशन नेपालद्धारा शैक्षिक सामाग्री वितरण
गरिवी निवारणका लागि चाइना फाउण्डेशन फर प्रभटी एलिमेशनको आर्थिक सहयोग र ग्लोवल को–अपरेशन फर डेभलमेण्टको संयोजनमा वाणी विलास मा.वि. चापागाउँमा पाण्डा प्याक शिक्षा सामाग्री वितरण गरेको छ ।
चीनले गरेको उक्त सहयोग वितरण समारोहका प्रमुख अतिथि वाग्मति प्रदेशका सांसद माननीय राजकाजी मर्हजनले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा इसिडी देखि कक्षा ८ सम्म जम्मा ३७१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । झोला सहितको स्टेशनरी, हाइजीन किड्स, पाण्डा प्याक शैक्षिक सामाग्री लगायत २० थरिका सामाग्री प्रदान गएिको छ ।
सो कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष निल बहादुर देशार , वाण्ी विलास मा.वि. का प्रधानाध्यापक प्रविण प्रकाश श्रेष्ठ, जि.सि.डी. का अध्यक्ष मुक्की मरासिनी, शिक्षा शाखाकाका उपसचिव देवी प्रसाद उपाध्याय, समाजसेवी प्रगतीशिल सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष भाग्यराम मर्हजन, विद्यालय व्यवस्थापनका अध्यक्ष ज्ञानेन्द्र मर्हजन, अभिभावक संघका अध्यक्ष सम्पुर्ण मर्हजन, सि.एफ.पि.ए. नेपालका प्रतिनिधि कपित नेपाली, जि.सि.डी.का संचालक डा. उपेन्द्र बराल लगायत शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो ।